समाज

सप्तरीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईको मृत्यु , चार घाइते

कञ्चनरुप (सप्तरी) । सप्तरीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका–७ का सुभास बस्नेत र उदयपुर चौदण्डीगढी नगरपालिका–९ भिमाटोलका २८ वर्षीय हरिशङ्कर चौधरी रहेका छन् ।
जिल्लाको कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्ड अन्तर्गत सप्तकोशी नगरपालिका–४ मा शनिवार बेलुका ६ बजे को २२ प १५५८ नम्बरको मोटरसाइलक र स ५ प ३११८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुर्घटनामा स ५ प ३११८ नम्बरको मोटरसाइकल चालक बस्नेत र को २२ प १५५८ नम्बरको चालक चौधरीको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
सो दुर्घटनामा परी बस्नेतको ३० वर्षीया श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर बस्नेत र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।
त्यस्तै को २२ प १५५८ नम्बरको मोटरसाइकलमा सवार सप्तरी सप्तकोशी नगरपलिका–९ का २६ वर्षीय रोहित चौधरी समेत घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page