समाज

जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारु रहेकी छन् ।
नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा आइतबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page