समाज

तामाङलाई राजनीतिक दलले पत्याएन : अध्यक्ष गोले

बृजमान तामाङ/
विरेन्द्र बजार, १९ पुस ।
नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले तामाङ समुदायलाई राजनीतिक पार्टीहरुले हेर्ने दृष्टिकोण फरक रहेको बताएका छन ।
धनुषाको ढल्केबरमा आइतबार आयोजित घेदुङको नवौं माहाधिबेशनमा प्रस्तावित विधान मस्यौदा सम्बन्धि प्रदेश २ स्तरीय सुझाव संकलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै अध्यक्ष गोलेले तामाङ समुदायलाई राजनीतिक पार्टीहरुले उचित स्थान नदिएको आरोप लगाए । देशको सभन्दा प्रथम जाती र पाँचौ ठुलो जनसंख्या भएको तामाङ समुदाय हो, अध्यक्ष गोलेले भने, तामाङको जनसंख्या धेरै भएपनी तामाङ समुदायलाई कुनै राजनीतिक पार्टीले पत्याएन ।
गोलेले विभिन्न राजनैतिक दलका आस्थामा रहेका तामाङ समुदायले तामाङको साझा राष्ट्रिय मुद्वामा एकताबद्व हुनुपर्नेमा जोड दिए । आदिवासी जनजाति समुदायमा कतिपय जाति राज्यको मुल नेतृत्वमा पुगेको चर्चा गर्दै गोलले तामाङ समुदायलाई राजनैतिक अधिकारबाट बन्चित भएकोले एकपटक तामाङ बिद्रोह गर्नु आबश्यकता औलाए ।
यसैगरी संघीय वरिष्ठ उपाध्यक्ष बेलि लामा, उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबू घिसिङ, कोषाध्यक्ष रुप योन्जनले नबौ महाधिवेशनको लागि साँगाठानिक र आर्थिक प्रतिबेदन एवम संशोधित विधानको दफा, उपदफाहरु प्रस्तुत गर्दै प्राप्त सुझावको आधारमा विधानलाई पुर्णता दिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल तामाङ घेदुङ प्रदेश २ को ब्यबस्थापन तथा संघीय घेदुङद्वारा आयोजित कार्यक्रममा संघीय सदस्य भिम घिसिङ तामाङ, खड्ग बहादुर तामाङ, श्याम कुमारी लामा, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ , तामाङ संचार संघका केन्द्रिय सदस्य राजु लो तामाङ, हिराकाजी तामाङ, सिद्वार्थ लोपचन, अधिबक्ता ओम बहादुर तामाङ, राम बहादुर घलान तामाङ, राम्रीमाया तामाङ, हर्क बहादुर तामाङ, दिलिप तामाङ, छोईसाङ्ग ग्लान तामाङ लगायतले घेदुङको विधान बारे थप सुझाव दिएका थिए ।
संघीय सचिब राम कृष्णा व्लोनद्वारा संचालित कार्यक्रममा स्वागत प्रदेश २ अध्यक्ष यमलाल गोलेले गरे । कार्यक्रममा प्रदेश २ अन्तर्गतका संघीय सदस्यहरु, जिल्ला अध्यक्षहरु, स्थानीय तहका अध्यक्षहरु साथै तामाङ अगुवा बुद्धिजीवीहरुको उपस्तिथि रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page