स्वास्थ्य

थप ३ सय २६ जना कोरोना संक्रमित थपिए , २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ सय २६ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ४ सय ९८ जनामा गरिएको नमूना परीक्षणमा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज २ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
देशभर ५ हजार ५ जना सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page