समाज

अग्नीपिडितका लागि राहत बोकेर पिप्राही पुगे समाजसेवी ईन्जिनियर यादव

वृजमान तामाङ –
राजविराज, २० पुस ।
धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादव अग्नीपिडितका लागि राहत बोकेर मंगलबार तिरुहुत गाउँपालिका ३ स्थित पिप्राही टोल पुगेका छ्न ।
आगलागीबाट सर्वस्व गुमाएका स्थानीय हेम नारायण साफीको परिवारलाई राहत वितरण गर्न यादव पिप्राही टोल पुगेका हुन । बुवा आमाको नाममा धर्मीहल्फा महिला विकास क्लब स्थापना गरि आपत विपदमा परेकाहरुलाई निरन्तर राहात वितरणको क्रममा यादवले पिप्राही पुगेर अग्नीपिडित परिवारलाई राहत प्रदान गरेका छ्न ।

यादवले त्रिपाल, झुल, धोती , सारी, तन्ना, थाल, गिलास, भाँडा, कन्ती, पन्यौ, बाल्टिन, जग लगायतका राहत सामाग्री अग्नीपिडित परिवारलाई हस्तान्तरण गरे ।
राहात वितरण कार्यक्रममा तिरुहुत गाउँपालिका अध्यक्ष हेमन्त कुमार बहडखेर, वडा नम्बर ३ का अध्यक्ष भोगानन्द महात्मान ( श्याम यादव), वडा नम्बर ४ का अध्यक्ष मनोज यादव, न्युज टुडेका सम्पादक बृजमान तामाङ, डिमन प्रहरी चौकीका ईन्चार्ज प्रहरी साहायक निरीक्षक लक्ष्मी राउत, मविव क्यापसका स्ववियु सचिव एवम नेविसंघ प्रदेश सदस्य जय प्रकाश यादव लगायतका स्थानीय बुद्धिजीवीहरुको उपस्तिथि रहेको थियो ।

राहत वितरण कार्यक्रममा उपस्तिथि जनप्रतिनिधि, संचारकर्मी र सुरक्षाकर्मीलाई खादामालाले सम्मान गर्दै क्लबका अध्यक्ष ईन्जिनियर यादवले अग्नीपिडित परिवारलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
गत पुस १४ गते आगलागी हुँदा साँफीको १ घर, ल्यावका सामान, चौपाया, अन्नपात, फर्निचर लगायतका सामान जल्दा करिव साढे ७ लाख बराबरको क्षति भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page