स्वास्थ्य

आज एकै दिन ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि , २ सय ३९ संक्रमणमुक्त

काठमाडौं । नेपालमा आज एकै दिन ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार ७ सय १५ जनाको पीसीआर परीक्षणमा ३ सय ७० जना र ३ हजार ५ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ३९ रहेको छ ।
हाल देशभर कोरोनाका ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार ८ सय ५२ जना होम आइसोलेसनमा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page