राजनीति

एमाले सप्तरीको जिल्ला अधिवेशनको तयारी पुरा, अधिवेशनमा लाखौं जनता उतार्ने तयारी

बृजमान तामाङ
बिरेन्द्र बजार, २२ पुस ।
नेपाल कम्युनिस्ट पार्टी एमाले सप्तरीले आसन्न ९ औँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । भोलि राजविराज स्थित राजरंगशालामा हुने जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर तयारी पुरा भएको जनाएको हो ।
जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षता तथा पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको बताएका छन् । एमालेका ७७ वटै जिल्लाको जिल्ला अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यतालिका रहेको बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेता प्याकुरेलले अधिबेशनको उद्वघाटन समारोहमा लाखौ जनता उतार्ने बताउनुभयो । शुक्रबार राजरंगशालामा एमाले सप्तरी जिल्लाको नवौं अधिबेशनको उद्वघाटन समारोह भब्यताको साथ हुन्छ, नेता प्याकुरेलले भन्नुभयो, अधिबेशनमा उपस्थित जनसागरले सप्तरीमा एमालेको अबस्था कस्तो छ भन्ने पुष्टि गराउछौ ।
प्याकुरेलले अधिबेशनमा ६ सय भन्दा बढी प्रतिनिधिको सहभागी हुने जानकारी गराउनुभयो । हामी सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रयासमा छौ, विचार र नेतृत्वमा हाम्रो कुनै फरक मत र लडाई छैन, प्याकुरेलले भन्नुभयो, सप्तरीमा निर्बिरोध जिल्ला नेतृत्व चयन हुन्छ ।
जिल्ला अधिबेशनले पार्टी एकताको संदेश दिने दावी गर्दै नेता प्याकुरेलले माओवादीसंग एकता भंग भएपछि अवको पार्टी संगठनलाई एकताबद्ध बनाउन अधिबेशनबाट टेवा पुग्ने बताउनुभयो ।

पार्टीको उद्वघाटन सभा राजविराजमा हुने भएपनी बन्द सत्र पुस २४ गते अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नमूना २ स्थित गृनगार्डेन होटलमा हुने पत्रकार सम्मेलनमा जनाएको छ । पत्रकार सम्मेलनमा पार्टीको अधिबेशनमा उपस्थितका लागि पत्रकारहरुलाई आग्रह समेत गरिएको थियो ।
प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष खगेन्द्र कार्कीद्वारा संचालित कार्यक्रममा पार्टीका जिल्ला सचिब देवनाथ यादवले अधिबेशनको ब्यबस्थापन तथा तयारी बारे जानकारी गराउनु भएको थियो । पार्टी कार्यालय मदन नगरमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एबम सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटा, प्रदेश सदस्य एवम सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम,पार्टीका प्रदेश सदस्य अशोक यादव, जय प्रकाश ठाकुर, सुखराम यादव, राजाराम यादव, शैलेन्द्र चन्द्र झा लगायतका जिल्ला स्तरीय नेताकार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page