समाज

धर्मीहल्फाद्वारा ठण्डी पिडित डोम र मुसहर समुदायलाई ब्ल्याङ्केट वितरण

बृजमान तामाङ –
बिरेन्द्र बजार, २२ पुस ।
धर्मीहल्फा महिला विकास क्लब सप्तरीले बिहिवार दुई स्थानीय तहका ठण्डी पीडित डोम तथा मुसहर समुदायलाई ब्ल्याङ्केट वितरण गरेको छ ।
रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित मिलन चौकका मुसहर समुदायका ११ परिवार र अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ सितापुरका ३ डोम समुदायका ठण्डी पिडित परिवारलाई क्लबले ब्लाङ्केट वितरण गरेको हो ।
क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्यनारायण यादवले रुपनी गाउँपालिकाका रेशमी देवी सदा,अनारदेवी सदा, चन्देश्वर सदा, बुधेश्वर सदा, देव कुमार सदा, मुनेश्वर सदा, सुरज सदा, सत्यनारायण सदा, कुमारी देवि सदा, मनोज सदा, सुखीलाल सदा र अग्निसाईर कृष्णासवरन गापाका महेन्द्र मरिक, सितारा मरिक र सुरेन्द्र मरिकलाई १ थानको दरले १४ बटा ब्याङ्केट प्रदान गरे ।

ब्याङकेट वितरण कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष एवम संचारकर्मी बृजमान तामाङ्ग, स्थानीय नेताहरु कुमारमान श्रेष्ठ, पृथ्वीराज दास, नेपाल तामाङ घेदुङ्ग सप्तरीका सचिव सुर्यमान तामाङ, रुपनी गाउँपालिका अध्यक्ष लाल बहादुर तामाङ, जसपा जिल्ला सदस्य कुशेश्वर प्रसाद चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का सचिब कुशेश्वर प्रसाद यादव,आदिबासी जनजाति महासंघ अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भवानी चौधरी लगायतका स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

कञ्चनरुप न्युज डट मक अनलाईन लगायतका सञ्चार माध्यममा राज्यको उपक्षामा परेको मुसहर बस्ती र मरिक समुदायलाई पुस कटाउनै हम्मे, शीर्षकमा समाचार प्रकाशित भएपछि धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादव ब्ल्याङ्केट वितरण गर्न ठण्डी पीडितको घर पुगेका हुन ।

   

You cannot copy content of this page