समाज

सप्तरीबाट लागूऔषध सहित २ जना युवक पक्राउ

कञ्चनरुप (सप्तरी), २३ पुष । सप्तरी प्रहरीले सप्तरीको राजगढ गाउँपालिका वडा नं. ६ बनैनिया बरदाही जाने भित्री सडक खण्डबाट बिहीबार लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको विष्णुपुर गाउँपालिका ४ बस्ने तेज नारायण यादवको छोरा वर्ष २३ को श्याम कुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका ८ बस्ने सुचाई महतोको छोरा वर्ष २० को प्रमानन्द महतो रहेका छन् ।
भारतबाट नेपाल तर्फ साईकलमा २ जना सवार भई आईरहेको अवस्थामा शंका लागी गस्तीमा खटी गएको प्रहरी टोलीले चेक जाँच गर्दा यादवले बोकेको कालो रंगको झोला भित्र स्पाम प्रोक्सभन लेखिएको ५१ पत्तामा क्यापसुल ( ४ सय ८ थान), नेट्रोभेट १० लेखिएको ट्याबलेट ४ थान , डाइलेक्स डिसी सय एमएलको चार बोतल फेला पारी बरामद गरेको र साईकलको पछाडी सवार महतो समेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुबै जनालाई पक्राउ गरी लागुऔषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित सप्तरी जिल्ला अदालतबाट म्याद थप समेतको अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page