समाज

सप्तरीको जण्डोलमा झुन्डिएर एक बालकले गरे आत्माहत्या

बिरेन्द्र बजार, २४ पुस । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा शनिबार एक १५ वर्षीय बालकले झुन्डिएर आत्माहत्या गरेका छ्न ।
स्थानीय लक्ष्मी सिंहको छोरा नवीन कुमार सिंह आफ्नै सुत्नेकोठामा झुन्डिएर आत्माहत्या गरेका हुन ।
शुक्रबार साँझ खाना खाएर सुत्न गएको छोरा विहान अबेर सम्म नउठेपछी कोठामा झुन्डिएको अबस्थामा मृत फेला परेको आमा संजिरा देवि चौधरीले बताईन ।
बालकले घाँटीमा पासो लगाए आत्माहत्या गरेको स्थानीयले जनाएका छन । बालक झुन्डिएको अबस्थामा फेलापरेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थलमा प्रहरी पुगेर आवश्यक प्रक्रिया पूरा गरि बालको शव परीक्षणका लागि अस्पताल पठाएको जनाएको छ ।
मृतक बालको शव परिक्षणका लागि अस्पताल पठाएको तथा घटना बारे अनुसान्धन भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page