समाचार

आदिबासी जनजाति भएकै कारण सदस्यताबाट बन्चित : अध्यक्ष गुरुङ

बृजमान तामाङ
बिरेन्द्र बजार, २४ पुस ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघका संघिय अध्यक्ष दण्ड गुरुङले आदिवासी जनाजाती भएकै कारण महासंघको सदस्यताबाट बन्चित गर्ने गरेको आरोप लगाएका छ्न ।
पर्साको विरगंजमा शनिवार नेपाल आदिबासी जनजाति पत्रकारमहासंघ प्रदेश नम्बर २ का महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोले अध्यक्ष गुरुङ्गले पत्रकार महासंघले जातको आधारमा आदिबासी जनजाति पत्रकार माथी विभेद कायम रहेको बताए । आदिबासी जनजाति पत्रकारहरु अझै पनि पत्रकार महासंघको सहज रुपमा सदस्य लिन सकेको छैन, अध्यक्ष गुरुङ्गले भने, जातको आधारमा भेदभाव गरेकाकारण आदिबासी जनजाति पत्रकारहरु महासंघको सदस्यताबाट लिन बन्चित भएको छ ।

आदिबासी जनजाति पत्रकार महासंघको आबश्यकता र औचित्यताको बारे चर्चा गर्दै अध्यक्ष गुरुङले संचार क्षेत्र अझै समाबेशी नभएकोले संचार क्षेत्रलाई पूर्ण समाबेशी बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सीता गुरुङ्गले आदिबासी जनजाति पत्रकारहरुले जनजातिको पहिचान र अधिकार प्राप्तिको लागि ठूलो योगदान गरेको बताइन् ।

आदिबासी समुदायको आदिबासी जनजाति समुदायको नेपाल आदिबासी जनजाती पत्रकार महासंघका संघीय वरिष्ठ उपाध्यक्ष गजुरधन राईले आदिवासी जनजाति पत्रकार महासंघले पछिपारिएका जात समुदायको हक अधिकार सुनिश्चिताको लागि कलम चलाउनुपर्ने आबश्यकता औलाए ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष प्रमेश बादेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसि लामिछाने, प्रदेश २ का उपाध्यक्ष श्याम बंजारा, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, आदिबासी जनजाति महासंघ प्रदेश २ का वरिष्ठ उपाध्यक्ष कमल पिठाकोटे, आदिबासी जनजाति पत्रकार महासंघका प्रदेश २ का ईन्चार्ज निरज पिठाकोटे, विरगंज उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल लगायतले शुभकामना मनतब्य व्यक्त गरे ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ प्रदेश २ का महासचिब अनिता चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत आदिबासी जनजाति पत्रकार महासंघ पर्साका अध्यक्ष अजित भुजेल गरे ।
अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने आदिबासी जनजाति पत्रकार महासंघ प्रदेश २ का सचिव बृजमान तामाङले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page