समाचार

कञ्चनरुपद्वारा बालविकास केन्द्रका बालबालिकाहरुलाई न्यानो कपडा तथा सार्वजनिक ठाउँमा दाउरा वितरण

कञ्चनरुप , २५ पुष । सप्तरीको कञ्चनरुप नगरपालिकाले शितलहरलाई मध्यनजर गर्दै सार्वजनिक ठाउँमा दाउरा तथा विद्यालयका बालविकास केन्द्रका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको छ ।
शितलहरको जोखिमबाट नागरिकलाई जोगाउनका लागि नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १२ को सार्वजनिक ठाउँ तथा चोकमा आगो बालेर न्यानो बनाउनका लागि दाउरा वितरण गरिएको नगरपालिकाका प्रवक्ता राजकुमार साहले बताउनु भयो । नगरपालिकाले वडा नम्बर १, २, ५, ११ र १२ मा दाउरा वितरण गरिएको र अरु वडामा पनि चाँडै दाउरा वितरण गरिने साहले जानकारी गराउनुभयो ।

त्यसैगरी नगर प्रमुख बसन्त कुमार मिश्रको नेतृत्वमा गएको टोलीले विद्यालयको बालविकास केन्द्रमा अध्ययनरत बालवालिकाहरुलाई चिसोबाट जोगाउनका लागि न्यानो लुगा वितरण गर्न थालिएको शिक्ष्ष शाखाका संयोजक ललितनारायण यादवले बताउनुभयो ।
वडा नम्बर ५ को दुई विद्यालयको बालविकास केन्द्रमा अध्ययनरत बालवालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष कैलाश कुमार साहले बताउनु भयो ।
त्यस्तै वडा नम्बर ४ को एक विद्यालयको बालविकास केन्द्रमा अध्ययनरत ५३ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष रामनारायण प्रसाद साहले बताउनु भयो ।

वडा नम्बर ५ को दुई विद्यालयका ४५,४५ जना गरी जम्मा ९० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको शिक्षा शाखाका संयोजक यादवले जानकारी गराउनुभयो ।
त्यसैगरी ६० वर्षमाथिका असाय दलित गरिबविपन्न वर्गका जेष्ठ नागरीकलाई समेत चाँडै न्यानो कपडा वितरण गरिने नगरपालिकाले जनाएको छ ।
नगरभित्रका नागरिकलाई शितलहरबाट जोगाउन नगरपालिकाको पहिलो कर्तव्य रहेकोले दाउरा तथा न्यानो कपडा वितरण गर्न थालिएको नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो । गत साल पनि यसरी नै शितलहरबाट जोगिनका लागि दाउरा तथा न्यानो कपडा नगरपालिकाले वितरण गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page