राष्ट्रिय

२५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि आज आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ ।
सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव बन्द रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्नेसीसीएमसीले निर्णय गरेको छ ।
माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page