समाज

सप्तरी प्रहरीद्वारा ३५ लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट

कञ्चनरुप । सप्तरी प्रहरीले ३५ लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
आइतबार सप्तरीको सुरुङ्गा नगरपालिका २ भेडिया स्थित गाईघाट कदमाहा सड्क खण्डमा प्रहरी नायव निरीक्षक सहितको चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा गाईघाटबाट कदमाहा तर्फ जादै गरेको माईक्रो गाडीमा लुकाई छिपाई ल्याउदै गरेको घरेलु अबैध मदिरा ३५ लिटर बरामद गरेको हो ।
बरामद भएको घरेलु मदिरा स्थानिय भद्रभलाद्मीको रोहवरमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page