समाज

तेरहौताको विशाल ईटाभट्टाको पर्खाल भत्किदा एक मज्दुरको मृत्यु, २ जना गम्भीर घाईते

बृजमान तामाङ
बिरेन्द्र बजार ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित जगमोहनमा सोमबार विशाल ईटाभट्टाको पर्खाल भत्किदा एक मज्दुरको मृत्यु भएको छ भने दुईजना गम्भीर घाईते भएका छन् ।
काँचो ईटा पकाउनका लागि चाङ्ग लगाउने क्रममा अचानक छेउको पर्खाल भत्किदा स्थानीय ५० बर्षिय जतरी देवि सरदारको मृत्यु भएको हो ।
ईटाभट्टाको पर्खाल भत्किएर किल्चिदा गम्भीर घाइते भएकी सरदारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते सरदारको राजविराज स्थित छिन्नामस्ता अस्पतालमा उपचारको क्रममा दिनको २ बजे निधन भएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधाव प्रसाद काफ्लेले जानकारी दिए ।
मृतक सरदारको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाएको प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।
सोही घटनामा परि अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हाका बर्ष ५० का मंगला सदा र भारत जिल्ला राबेरली मधुवन का बर्ष ४० का रमेश कुमार लौरदी घाईते भएका छन् ।
उनीहरुको राजविराज स्थित छिन्नामस्ता अस्पताल राजविराजमामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी गराएका छ्न। ।
ईटा भट्टामा काम गरिरहेको समयमा दिनको १२ बजे फर्खाल भत्किदा सो घटना भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page