समाचार

मन्त्रालयले समस्या खडा गरिदिएको कारणले सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या : प्रवक्ता साह

कञ्चनरुप । कञ्चनरुप नगरपालिका राम्रो काम गरेर सप्तरी जिल्लामै उत्कृष्ट भई प्रथम भयो र स्वास्थ्य क्षेत्रमा प्रदेश नम्बर २ मा दोस्रो भयो तर मन्त्रालयले नगरपालिकाको पोर्टोकलको ख्यालै नगरी प्रमुख प्रशासकिय अधिकृत पठाएको कारणले झण्डै ३ महिनादेखि आर्थिक कारोबार बन्द हुँन गई विकास निर्माणका कार्य र सामाजिक सुरक्षा भत्ता वितरण गर्न समस्या भएको छ ।
नगरपालिकामा आठौं तहको निजामति कर्मचारी हुँदा हुँदै मन्त्रालयले छौठौं,सातौं तहको कनिष्ट निजामति प्रमुख प्रशासकिय अधिकृत पठाएको कारणले गर्दा काम गर्न समस्या भई नगरपालिकाको कामकाज ठप्प भएको नगरपालिकाले जनाएको छ ।
नयाँ आउनुभएको प्रमुख प्रशासकिय अधिकृत रेणु साहले अदालतमा नगरपालिकाको बिरुद्धमा मुद्धा हाली अदालतबाट नगरपालिकाको आर्थिक कारोबार बन्द गरेका कारणले गर्दा सामाजिक सुरक्ष भत्ता वितरण गर्न समस्या भएको नगरपालिकाका प्रवक्ता राजकुमार साहले बताउनु भयो ।
केही दिनभित्रै समस्याको समाधान गरी सामाजिक सुरक्ष भत्ता दुबै किस्ता एकै चोटी वितरण गरिने पवक्ता साहले बताउनु भयो ।
हामीले बृद्ध बृद्धालाई सजिलो होस् भनेर घरघरमा पनि गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको स्मरण गराउँदै प्रवक्ता साहले भन्नुभयो मन्त्रालयले समस्या खडा गरिदिएको कारणले गर्दा सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलो भएको जानकारी गराउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page