समाचार

लोकेन्द्र बुढाथोकी पत्रकारिता पुरस्कार स्थगित गर्नुको कारण सार्वजनिक गर्न माँग

बिरेन्द्र बजार । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा स्थापना गरिएको २८ औं लोकेन्द्र बुढाथोकी पत्रकारिता पुरस्कार वितरण स्थगित गर्नुको कारण सार्वजनिक गर्न आबेदकहरुले माँग गरेका छन् ।
पुरस्कारका लागि आबेदन पेश गरेका पत्रकार सौरभ यादव, प्रिया सिंह थारु, नानिमैया कटुवाल र रामनाथ यादवले मंगलबार संयुक्त प्रेस विज्ञाप्ति जारी गर्दै पुरस्कार वितरण स्थगित गर्नुको कारण सार्वजनिक गर्न माँग गरेको हो ।
विज्ञाप्तिमा प्रत्येक बर्ष एकजना पत्रकारलाई दिदै आएको लोकेन्द्र बुढाथोकी पत्रकारिता पुरस्कार स्थगित गर्नुपर्ने कारण सार्वजनिक गर्न जोडदार माँग गरिएको छ । के कुन नियम कानुन र माँपदण्डको आधारमा यस बर्ष पुरस्कार वितरण नगरिएको हो, विज्ञाप्तिमा भनिएको छ, यस बारे महासंघ शाखा सप्तरीले सार्वजनिक अभिव्यक्त जारी गर्नु माँग गर्दछौ ।
पुरस्कार आबेदकहरुद्वारा जारी गरेको विज्ञाप्तिमा फायल अध्यान गर्न शाखा पुर्व अध्यक्ष र वरिष्ठ पत्रकारहरुको टोलि बनाउन पनि आग्रह गरेको छ । शाखाले सुचना जारी गरि हामीसंग आबेदन माँग गरेबमोजिम नै निबेदन दर्ता गर्यौ विज्ञाप्तिमा भनिएको छ, तर शाखाको ईतिहासमै सम्भत: पहिलोपटक आबेदन लिएर पनि कसैलाई पुरस्कृत गरिएन । कसैको आबेदनमा प्रक्रियागत पुर्णता नहरहे भन्दै घुमाउरो पारामा हामी आबेदकहरुलाई असक्षम र अयोग्य नै घोषणा गरि दिए । हामी आबेदक असक्षम भयौ वा पुरस्कार वितरण गर्न नसक्ने महासंघ ? यस बारे बृहत अध्यान गर्न पुर्व अध्यक्ष तथा वरिष्ठ पत्रकारहरुको टोलि बनाईयोस र पछिलो नजिरको आधारमा हाम्रो फायलपनी अध्यान गरियोस भनी उनिहरुद्वारा जारी विज्ञाप्तिमा आग्रह गरिएको छ ।
विज्ञाप्तिमा स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकी प्रती श्रद्धाञ्जली समेत अर्पण गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page