समाचार

राजविराज नगरपालिकामा सडक तथा बाटो निर्माणको नाममा कामै नगरी पाँच लाख रुपैयाँ झ्वाम

बृजमान तामाङ
राजविराज ।
सप्तरीको राजविराज नगरपालिकामा एक योजनाको कामै नगरी पाँच लाख रुपैयाँ झ्वाम पारेका छ्न ।
वडा नम्बर ४ स्थित परमेश्वरी पासी घर पछाडि सडक तथा नाला निर्माण योजना कार्यको कामै नगरी पाँच लाख रुपैयाँ झ्वाम पारेका हुन ।
जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा कामै नगरी पाँच लाख रुपैया सकेको स्थानीयहरुको आरोप छ। नालामा सामान्य दुईवटा ह्युम पाईप ओछ्याएर माथिबाट सडक भत्किएको सामाग्री लगाउने बाहेक अन्य कुनै कामै भएको छैन, स्थानीय युवा सुवास कुमार साहले भने, तर योजना सम्पन्न भएको भनी बजेट निकाशा गरिसकेको छ ।
उनले नगरपालिकाको कार्यप्रगती विबरणमा काम सम्पन्न भएको देखिएता पनि योजनाको काम भने अधुरो राखेको बताए। सडक तथा नाला निर्माण कार्य योजनाको नाममा जनप्रतिनिधि र कर्मचारीहरुले भ्रष्टाचार गरेको राजविराज नगरपालिका वडा नम्बर ४ का पुर्व अध्यक्ष प्रमेश्वर पासीले आरोप लगाए । मेरै घरको पछाडिपट्टी आर्थिक बर्ष २०७६/०७७ मा सडक र नालानिर्माण कार्यका लागि ५ लाख बजेट विनियोजन भएको थियो ,पुर्व वडा अध्यक्ष पासीले भने, नगरपालिकाको कर्मचारी र जनप्रतिनिधिहरुको मिलोमतोमा कागतमा काम सम्पन्न गरि बजेट झ्वाम पारे ।
उनले योजनाका बारे छ्नविन गरि बजेट अनियमितमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कारबाही तथा बाटो तथा नालानिर्माण कार्यलाई अगाडि बढाउनका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरे ।
उक्त योजना निर्माणको जिम्मा संजित निर्माण सेवा तिलाठी – ३ ले लिएको नगरपालिकाको कार्यप्रगती विबरणमा उल्लेख छ । नगरपालिकाको प्रगति विबरण अनुसार आर्थिक बर्ष २०७६/०७७ भित्र सो योजना सम्पन्न भईसकेको देखिएपनी उक्त योजनाको काम भने अधुरै रहेका छ्न ।
राजविराज नगरपालिकाकी उपप्रमुख एवम अनुगमन समितीका संयोजक साधाना झाले योजनाको बारे कुरै कुरो रहेको बताइन् । उनले आज नगरपालिकाका लेखा अधिकृतको निधन भएकोले त्यतैतिर ब्यस्त भएको हुदा विस्तारित पछि बताउने भन्दै पन्छिनु खोजे ।
राजविराज नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अख्तर अलिले उक्त योजनामा आर्थिक बर्ष २०७६/०७७ मा बजेट विनियोजन नभएको बताए । उनले सडक तथा नाला निर्माणको कार्य सम्पन्न गरि बजेट निकाशा गरेको दावी गरे ।
स्थानीयले लगाएको आरोप निरधार रहेको बताउदै वडा अध्यक्ष अलिले सडक तथा नालानिर्माणका लागि चालु आर्थिक बर्षमा ३ लाख विनियोजन गरेको जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page