समाचार

प्रेस चौतारी नेपाल सप्तरीको अध्यक्षमा पून खगेन्द्र कार्की चयन

कञ्चनरुप, २९ पुस । प्रेस चौतारी नेपाल सप्तरीको अध्यक्षमा पुनः खगेन्द्र कार्की सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित पर्यटकीय क्षेत्र धारापानीमा बिहीबार आयोजित प्रेस चौतारी नेपालको सातौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा कार्कीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा डम्बर राई, महिला उपाध्यक्षमा पुनम पोखरेल , सचिवमा शिव आचार्य, सह सचिवमा भगवती प्रसाद चौधरी, पिण्टु कुमार यादव र कोषाध्यक्षमा भुपदेव माली सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी समितिको सदस्यहरुमा उत्सव आचार्य, अर्चना परियार, अनिता चौधरी नवीन यादव रहेका छ्न् । सोही अधिबेशनबाट उत्तम आचार्य, बोधराज सुवेदी र दिनेश शर्मालाई सल्लाहकारमा चयन गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
नवनिर्वाचित कमिटीलाई प्रेस चौतारी प्रदेश २ का अध्यक्ष फनी महतले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।

अधिवेशन उद्घाटन समारोहमा सहभागी वक्ताहरूले पत्रकार विभिन्न पार्टी तथा सङ्गठनमा आवद्ध भए पनि पेशागत धर्ममा निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले पत्रकारले राजनीतिक आस्थाका आधारमा पक्षविपक्ष नहेरी यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड समेत दिनुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page