समाचार

विपद व्यवस्थापनमा नगरपालिकाको महत्वपूर्ण भूमिका रहेको मुल्याङ्कन

डम्बर राई
कञ्चनरुप (सप्तरी)।
सप्तरीको कञ्चनरुप नगरपालिकाले विपद व्यवस्थापनका लागि धेरै काम गरेको बुधवार बसेको विपद व्यवस्थापन समितिको बैठकमा सार्वजनिक गरिएको छ । कोरोना संक्रमण देखि लिइएर कृषि, स्वास्थ्य, शिक्षा लगायत महिला वालवालिकामा परेका संकटा जस्तावस्थामा नगरपालिकाले खेलेका महत्वपूर्ण कार्यको सो बैठकले उच्चमुल्याङ्कन गरेको छ ।
कोभिड १९ को संक्रमणको समयमा यस नगरपालिकाले स्वास्थ्य मापदण्डलाई ध्यानाकार्षण गराउँदै प्रत्येक वडामा सचेतनामुलक कार्यको उचित व्यवस्था गरेकाले यस नगरपालिकामा संक्रमित संख्या अन्य ठाउँको भन्दा धेरै कम भएको स्वास्थ्य शाखाका सहसंयोजक डम्बर प्रसाद गुप्ताले जानकारी गराउँनुभयो ।
उहाँको, अनुसार, यस नगरपालिकामा प्रथम पल्ट ६५ प्रतिशत र दोश्रो पल्ट ५८ प्रतिशत जनताले कोभिड खोप लगाइएको छ । जोमसोन एण्ड जोमसोन, कोभिड सिल्ड र भेरोसियल खोप लगाउँदै आएको हो ।
भर्खरै कोभिड १९ को संक्रमण बढेर गएको हुँदा आइस्युलेशनको व्यवस्था तत्कालै गर्ने, कोभिडको परिक्षण बढाउँने, कोभिड अस्पतालको व्यवस्था मिलाएने, लगाउँदै आएको खोपलाई अब समुदायमा पुर्याउँने, चिसोबाट बच्न प्रत्येक वडामा टोली खटाई आवश्यक उपभारको व्यवस्था मिलाउने, यस्ता पिडितलाई घरैमा उपचार नहुनेलाई रेफरको व्यवस्था मिलाई उपचार गराउने, गुप्ताले भावी कार्यक्रमको तालिका सुनाउनुभयो । संक्रमणको जोखिमबाट बच्न भोली देखि नै यी कार्यक्रमहरु संचालनमा ल्याइनेछन् ।
यस्तै किसानहरुको समस्यालाई ध्यानमा राखेर नपाले विभिन्न जातका बीउ विजन समयमै वितरण गर्दै आएको जनाइएको छ । यसरी बीउ विजन वितरण गर्नेक्रममा मकै, धान, गहुँ, विभिन्न जातका तरकारीको बीउ ५० प्रतिशत मूल्य छुट गरिएको नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
ह्वात्तै बढेको चिसोको विपदबाट बच्न प्रत्येक वडाको गाउँ गाउँमा आगो ताप्ने व्यवस्था मिलाई दाउरा वितरण गरिएको छ । साथै सिरक र वालवालिकालाई न्यानो लुगा वितरण गरिने तथा प्रारम्भिक कक्षाका वालवालिकालाई र संकटावस्थाका वालवालिकालाई पनि न्यानो कपडा वितरण गरिने प्रशासन शाखाका प्रमुख राजेश यादवले जानकारी गराउँनुभयो ।
बैठकमा विपद निम्तीने तथा जोखिमको वातावरण सिर्जना हुने कारण र त्यसको निवारण के कसरी गर्न सकिन्छ भन्ने विभिन्न तर्कसंकत छलफल भएकाछन् । केहि दुर्घटना मध्ये सडकमा दुर्घटना धेरै हुनेगरेको भन्दै सहभागीहरुले यसका कारणहरु औल्याएकाछन् जसमा सडक अतिक्रमण मुख्य मानिएका छन् । सडकको छेउमा चौपाय बाँध्नु, फोहरजन्य वस्तु थुपार्नु, निर्माणका सामाग्री जस्तै माटो, बालुवा, ढुङ्गा, गिट्टी, ईट्टा, बाँस, काठ लगायत लामो समयसम्म राखिरहनाले सडक दुर्घटना हुन्छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षणबाट आएका अर्ना भैंसी, बँदेल, हात्तीको ज्यादतीले मध्यवर्ती आसपासका किसानहरु मर्माहित भएको गुनासोको पनि बैठकमा सुनवाई भएको छ ।
नगर प्रमुख मिश्रको अध्यक्षतामा बसेको बैठकमा नगर उपप्रमुख निरु पोखरेल, ईलाका प्रशासन प्रमुख दिनेश कार्की, वडा अध्यक्षहरु, कोशी पिडितका ( केभिएस ) प्रतिनिधि रेणुका चौधरी, शसस्त्र प्रहरी गण बरमझियाका प्रहरी नायव निरिक्षक धन घिमिरे, संचारकर्मीहरु, कोशी पिडित (केभिएस ) लगायतका सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page