समाचार

जसपा संघीय परिषद सदस्य यादव कोरोना संक्रमित

बृजमान तामाङ
राजविराज, १ माघ ।
जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य श्याम देव यादव कोरोना संक्रमित भएका छ्न । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भल्वा घर भएका यादव कोरोना संक्रमित भएका हुन ।
एकसाता देखि विरामी परेका नेता यादवले शुक्रबार कोरोना परिक्षण गराएका थिए । उनको शनिबार आएको रिपोर्ट अनुसार कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यादवको होम आईसुलेशनमा राखी उपचार भईरहेको जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको यादवको पारिवारजनले बताएका छ्न ।

   

You cannot copy content of this page