समाचार

सप्तरी प्रशासनद्वारा २५ जनाभन्दा बढी मानिस भेला हुने कुनैपनि कार्यक्रम नगर्न आग्रह

कञ्चनरुप (सप्तरी) । सप्तरीमा २५ जनाभन्दा बढी मानिस भेला हुने कुनैपनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै विगत केही दिनदेखि देशैभर कोरोना संक्रमण दर बढिरहेको र छिमेकी मुलुक भारतमा समेत कोरोना संक्रमण बढेका कारण सप्तरी जिल्लामा खुला सिमा नाकाकाकारण उच्च जोखिममा रहेको जनाएको छ।
सूचनामा पछिल्लो समयमा सप्तरी जिल्लामा संक्रमणको दर बढेको देखिएको हुँदा सप्तरी जिल्लावासी आमा, बुवा, दाजु भाई, दिदी बहिनी एवं राजनितीक दल, जनप्रतिनिधी एवं सम्बद्ध सबैलाई सार्वजनिक स्थलमा भिडभाड नगर्न, नगराउन, २५ जना भन्दा बढीको जुलुस, सभा, महोत्सव, रयाली, मेला बैठक नगर्न नगराउन, अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनिएको छ ।
त्यसैगरी भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने कार्यमा सहयोग गर्न प्रशासनले सबैलाई अनुरोध समेत गरेको छ ।
पटक पटकको अनुरोधलाई वेवास्ता गरिएमा कानून बमोजिम कारवाही गर्न बाध्य हुने व्यहोरा समेत सप्तरी प्रशासनले सूचनामा उल्लेख गरेको छ ।

   

You cannot copy content of this page