समाचार

अतिविपन्न परिवारका १ सय ६० जनालाई सिरक वितरण

कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिकाले शितलहरका कारण दलित, गरिब, अतिविपन्न जनतालाई समस्या नहोस भनेर दुई हजार जनालाई सिरक वितरण गरेको छ ।
सोही अनुरुप आज शुक्रवार वडा नम्बर १२ मा १ सय ६० जनालाई सिरक वितरण गरिएको हो ।
सिरक वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सबै नगरबासीको सुरक्षा गर्नु नगरपालिकाको प्रमुख कर्तव्य रहेकोले दलित, गरिब, अतिविपन्न परिवारलाई सिरक वितरण गरेको बताउनु भयो ।

कञ्चनरुप नगरपालिकामा १२ वटा वडा छन् प्रत्येक वडामा १ सय ६० थानका दरले र वडा नम्बर १ मा मदरसा र आवश्यकता अनुसार कुनै वडामा अतिबढी सिरक वितरण गरिएको उहाँले बताउनुभयो ।
सिरक वितरण कार्यपछि ज्येष्ठ नागरिकलाई ट्रयाक सुट समेत वितरण गरिने नगर प्रमुख मिश्रले जानकारी दिनुभयो । वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा सिरक वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page