स्वास्थ्य

२४ घण्टामा थप ४ हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि , ४ जनाले ज्यान गुमाए

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ५ सय ५६ जनाको परीक्षण गरिएकोमा ४ हजार ६ सय ३६ जनामा कोरोना सङक्रमण पुष्टि भएको हो ।
आज थप ३ सय ५० जना निको भएका छन् ।
कोरोनाका कारण ४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १७ जना पुगेको छ ।
नेपालमा २१ हजार ५ सय ८४ जना कोरोना भइरसका सक्रिय सङक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page