मधेस प्रदेश समाचार

प्रदेशको नाम मधेश प्रदेश घोषणा भएको खुशियालीमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ ।
प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम घोषणा भएको खुशियालीमा भोलि सार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।
प्रदेश सरकार गठन भएको ४ वर्षपछि आज दुई तिहाई मतद्वारा मधेश नाम पारित भएको हो । प्रस्तावको पक्षमा जसपा, लोसपा, माओवादी केन्द्र, संघीय समाजवादी पार्टीका अलावा अन्य दलका केही सांसदहरुले पनि मतदान गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page