मधेस प्रदेश समाचार

प्रदेश २ को नाम मधेश प्रदेश, स्थायी राजधानी जनकपुर पारित

प्रदेश २ को नाम मधेश प्रदेश पारित भएको छ ।
प्रदेश २ सभामा हाल कायम १ सय ४ जना सांसद मध्ये मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मत दिएकोमा मधेश प्रदेशको पक्षमा ८० मत परेको छ ।
नामको लागि चारवटा नाम प्रस्ताव भएको थियो । जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका थिए ।
यस अघि आजकै बैठकमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ भन्दा बढीले पारित भएको छ । कुल मत ९९ खस्दा ७८ मत जनकपुरधामको पक्षमा परेको हो ।
प्रदेश सभामा सोमबार भएको जनकपुरधाम राजधानी हुनु पर्ने सबै दलको संयुक्त प्रस्ताव दुई तिहाई बढी मतले पास भएको छ ।
प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि सुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो, जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।
स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page