समाज

धर्मिहल्फाद्वारा अग्निपिडित राम परिवारलाई राहत वितरण

बृजमान तामाङ
राजविराज, ३ माघ ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ स्थित मकरीमा सोमबार धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा एक अग्निपिडित परिवारलाई राहत वितरण गरेको छ ।
क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले अग्निपिडित हरि रामको परिवारलाई राहत वितरण गरेका हुन । आगलागीबाट सर्वस्व गुमाएका राम परिवारलाई क्लबका अध्यक्ष ईन्जिनियर यादवले त्रिपाल १, बल्याङ्केट १, झुल १, सारी २, धोती १, भाँडा १, कन्ती १, पन्यौ १, तन्ना १ सहितका सामाग्री प्रदान गरे ।
क्लबले अग्निपिडित, ठण्डी पिडित लगायतका विपदमा परेकाहरूलाई निरन्तर राहात प्रदान गर्दै आएको छ । क्लबका अध्यक्ष यादवले बुवा धर्मी र आमा हल्फाको नाममा क्लब स्थापना गरि दिनदुखीहरुलाई सानो सहयोग गर्दै आएको बताए ।

राहत वितरण कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवम संचारकर्मी वृजमान तामाङ, जसपा नेता अमरनाथ यादव,प्रथामिक विधालय मकरीका प्रधानाध्यापक विध्यानन्द चौधरी, प्रहरी चौकी पथलकडाका प्रमुख प्रहरी नायव निरीक्षक शत्रुधन राउत लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यसअघि रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले समेत पिडित राम परिवारलाई सिरक २ थान, त्रिपाल १ चामल २५ किलो, तेल, नुन , दाल, साबुन लगायतका सामाग्री प्रदान गरेका थिए । शनिबार रामको घरमा आगलागी हुदा लत्ताकपडा, अन्न्नपात, फर्निचर, नगद गरि १० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको थियो ।
ठण्डीको समयमा घरमा आगलागी हुदा राम परिवारको विचल्ली भएको छ । आगलागीमा एक गोरु समेत जलेर घाईते भएको पिडित रामले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page