समाज स्वास्थ्य

सप्तरीमा कोरोना संक्रमित ७५ वर्षीया महिलाको मृत्यु

सप्तरी । सप्तरीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको रूपनी गाउँपालिका १ की ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
माघ १ गते ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । २ गते पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । माघ ३ गते रिपोर्ट पोजेटिभ आउनुका साथै उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
उनी लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएकी थिइन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page