समाज

वडा सदस्यको निधनको शोकमा शुक्रवार नगरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द रहने

कञ्चनरूप , ६ माघ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर २ का वडा सदस्य अकबर शेख अलिको निधन भएको शोकमा नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यालयहरु बन्द गर्ने भएको छ ।
नगपालिकाको बिहीबार बसेको कार्यपालिकाको निर्णयानुसार निजको पार्थिव शरीरलाई ७ गते शुक्रवारका दिन मुस्लिम संस्कार अनुसार सदगद्‌ गर्ने कार्यक्रम रहेकोले नगर कार्यपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
शोक बिज्ञप्तीमा भनिएको छ : “कञ्चनरुप नगरपालिका वडा नं. २ को वडा सदस्य अकबर शेख अलीको मिति २०७८।१०।०५ गतेको राती अन्दाजी २ बजेको समयमा असामयिक निधनले नगरपालिकालाई अपुरणीय क्षति भएको छ । यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ । यसबाट पर्न जाने असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी छ ।”
५८ वर्षीय वडा सदस्य अकबर शेख अलिको बुधवार राति करिव २ बजे निधन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page