समाज

सप्तरी प्रहरीद्वारा स्रोत नखुलेको १० लाखसहित दुई युवक पक्राउ

कञ्चनरुप (सप्तरी), ७ माघ । सप्तरी प्रहरीले स्रोत नखुलेको करिब १० लाख रूपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ का २४ वर्षीय दिलिपकुमार मण्डललाई पक्राउ गरेको जनाएको छ ।
अबैध रूपमा नेपाली रुपैयाँ आउँदैछ भन्ने विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आएको प्रदेश २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा नौ लाख ९० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अविनारायण कापलेले बताउनु भयो ।

प्रहरीले उनीहरुलाई राजबिराज–हनुमाननगर सडक खण्डको राजबिराजस्थित छिन्नमस्ता अस्पताल अगाडिबाट रुपैयाँसहित पक्राउ गरेको हो।
स्रोत नखुलेको अबैध रुपैयाँसहित मोटरसाइकल र आरोपित दुईजनालाई थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page