मधेश प्रदेशमा पनि १४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका अनुसार ५ सय २७ जनाको परिक्षण गरिएकोमा १४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको हो ।
मधेश प्रदेशमा केहि दिन देखि कोरोना संक्रमण दर बढेको छ । प्रदेशको विभिन्न प्रयोगशालामा बिहिवार गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
Add Comment