राजनीति

सप्तरीमा मन्त्री यादवको अभिव्यक्ति प्रति टायर बालेर विरोध प्रदर्शन

राजविराज , ८ माघ । नेकपा एमाले निकटका राष्ट्रिय युवा संघ सप्तरीले जनता समाजवादी पार्टी नेपालकी नेतृ एवं भौतिक पूर्वाधार तथा योजनामन्त्री रेणु यादवले दिएको सामान्ती शैलीमा गौर नरसंहार मच्चाउन लगाई दिने हिंसात्मक अभिव्यक्ति प्रति शनिबार सप्तरीमा टायर बालेर विरोध प्रदर्शन गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका योगिनियाँ स्थित भारदह– राजबिराज सडकखण्डमा राष्ट्रिय युवा संघ सप्तरीका अध्यक्ष चितरंजन यादवको नेतृत्वमा २०० जना भन्दा बढी युवाहरुले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।
योगिनियाँ स्थित सडकमा गरिएको सो कार्यक्रममा यूवा नेता आकाश यादव, एमालेका जिल्ला सचिव देवनाथ यादव ,हरी प्रकाश आजाद, गजेन्द्र यादव, भागवत मण्डल ,शिवशंकर मण्डल, बैजु मण्डल लगायतका युवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

बलिदानी दिवसको अवसरमा गत बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रमबीच सार्वजनिक मञ्चबाट मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई गौर हत्याकाण्ड गरी मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको हुँदा त्यसप्रकारको हिंसात्मक अभिव्यक्ति दिनेलाई मन्त्री पदबाट राजीनामा दिनुपर्ने, सरकारले मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने भन्दै युवासँग आक्रोशित भई नाराबाजी गर्दै सो टायर बालेर विरोध प्रदर्शन गरेको कार्यक्रममा सहभागी आकाश यादवले जानकारी दिए ।

मन्त्री यादवले देशमा हत्या हिंसा जस्ता अपराधिक अभिव्यक्ति दिएको प्रति देशभरि नै विरोध भइरहेको छ भने अर्को तिर जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर दीपककुमार साहद्वारा जारी प्रेस विज्ञप्तिमा पनि सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अपराधिक अभिव्यक्ति दिने हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र चने मन्त्री यादवलाई सरकारले तुरुन्त बर्खास्तको मांग गरेका छन् ।
विज्ञप्तिमा गौर नरसंहार गर्ने फरार अभियुक्तहरुलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गरी नरसंहार पीडितहरुलाई न्याय दिलाउनु पर्ने मागं समेत गरेका छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page