बृजमान तामाङ /
राजविराज, ८ माघ । सत्तारुढ जनता समाजवादी पार्टीले डा. सिके राउत नेतृत्वको जनमत पार्टीको अपराधिक एवम गैर राजनैतिक, अराजक गैरकानुनी , असमाजिक तथा अमर्यादित क्रियाकलापलाई रोक्न नेपाल सरकारसँग अग्रह गरेको छ ।
पार्टीका केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले शनिबार एक प्रेस विज्ञाप्ति जारी गर्दै सो आग्रह गरेको हो ।
जसपाद्वारा जारी प्रेस विज्ञाप्तिमा पार्टीको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ता विरुद्ध लक्षित यस्ता अपराधीक कार्य गर्न नगराउन जनमत पार्टीलाई सचेत समेत गराएको छ । माघ ५ गते जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादव रौतहटको गौरमा सहिदलाई श्रद्धाञ्जली दिन जाने क्रममा जनमत पार्टीले गरेको दुव्र्यवहारको जसपाद्वारा जारी प्रेस विज्ञाप्तिमा कडा शब्दमा विरोध जनाउदै उक्त घटनाको भत्सर्ना समेत गरेको छ ।
सहिदहरुको स्मृति सभालाई सम्बोधन गर्न जाने क्रममा जनमत पार्टीको नाममा नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाँटा,ढुङ्गा आदि लिई उक्त कार्यक्रमलाई अबरोध गर्ने कार्यक्रम विथोल्ने आतंक मच्चाउने र हिंसा भड्काउने जस्ता गैर राजनैतिक एवम अपराधीक क्रियाकलापमा संलग्न रहेका थिए विज्ञप्तिमा भनिएको छ, उक्त पार्टीले गराएका यस्ता उदण्ड,गैरराजनीतिक उछृङ्खल, अभद्र अशोभनीय र अपराधी कार्यको जसपा नेपाल घोर विरोध एवम भत्सर्ना गर्दछ, विज्ञाप्तिमा अगाडि भनिएको छ, जनता समाजवादी पार्टीको कार्यक्रम तथा यसका कुनै नेता र कार्यकर्ता विरुद्ध लक्षित यस्ता अपराधीक कार्य अब उपरान्त नगर्न समेत सचेत गराईन्छ ।
जनमत पार्टीको यस्ता अपराधीक एवम गैरराजनीतिक, अराजक, गैरकानुनी असामाजिक तथा अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारसंग आग्रह गरिन्छ ,जसपाद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ ।
Add Comment