राजनीति

चुनावको मिति घोषणा गर्न र मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै कञ्चनरुपमा युवा संघको प्रदर्शन

कञ्चनरुप, ९ माघ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटी सप्तरीले आइतबार जनता समाजवादी पार्टी नेपालकी नेतृ तथा संघीय सरकारको भौतिक पूर्वाधार तथा योजना मन्त्री रेणु यादवले सामन्ती शैलीमा गौर घटनामा भएको नरसंहार जस्तै घटना घटाउने हिंसात्मक दिएको अभिव्यक्ति प्रति विरोध जनाएको छ ।
राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटीको नेतृत्वमा कञ्चनपुर बेरियरबाट निश्किएको विरोध जुलुश कञ्चनपुर बजार परिक्रमा गर्दै कञ्चनपुर हटियामा गएर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै प्रतिनिधि सभाकी सांसद एवं नेकपा एमालेको केन्द्रिय सदस्य सरिता गिरी यादवले संघीय सरकारको मन्त्रीले हिंसा भडकाउने जस्ता अभिव्यक्ति दिनु दुखपूर्ण रहेको बताउँदै वर्तमान सरकार निर्वाचनदेखि डराएर निर्वाचनको मिति तोक्न डराएको आरोप लगाइन् । स्थानिय तहको निर्वाचन तुरुन्त गर्न माग समेत उनले गरिन् ।
नेकपा एमाले कञ्चनरुप नगर कमिटीका अध्यक्ष बच्चुलाल चौधरी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य संजय पासवान लगायतका वक्ताहरुले वर्तमान सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तुरुन्त कारवाही गर्नुपर्ने माग राखेका थिए । कानूनलाई हातमा लिएर आफ्नो पदीय मर्यादा भुलेर हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्रीले बर्खास्त नगरे कडा आन्दोलन गर्ने युवा संघका कार्यकर्ताहरुले चेतावनी दिएका छन् ।


विरोध जुलुशमा स्थानिय निर्वाचनको मिति घोषणा गर, रेणु यादवलाई मन्त्री पदबाट बर्खास्त गर, केपी ओली जिन्दावाद, नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद जस्ता दबावमूलक नाराहरु लगाएका थिए ।
मन्त्री यादवले बलिदानी दिवसको अवसरमा गत बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा सार्वजनिक मञ्चबाटै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई गौर हत्याकाण्ड गरी मार्ने धम्कीपूर्ण भाषामा दिएको अभिव्यक्ति प्रति युवासँग आक्रोशित भई विरोध प्रदर्शन गरेको युवा संघले जनाएको छ ।

मन्त्री यादवले देशमा हत्या हिंसा जस्ता अपराधिक अभिव्यक्ति दिएको प्रति देशभरि नै विरोध भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुत्ला समेत जलाइएको युवा संघले जनाएको छ ।
कार्यक्रममा एमालेका नेताकार्यकर्ता, युवा संघका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो भने युवा संघका कञ्चनरुप नगर कमिटी अध्यक्ष जैनुदिन मियाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page