स्वास्थ्य

नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

काठमाडौँ, ९ माघ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण थप २८ जनामा पुष्टि भएको छ ।
आइतबार ३२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा २८ मा ओमिक्रोन संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । अन्य ४ वटा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको छ । 
नेपालमा कोरोना संक्रमित ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page