समाचार

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ माघ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमित हुनुभएको छ । शनिबार गरेको पिसिआर परीक्षणबाट अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
केही दिनदेखि अस्वस्थ हुनुभएका ओली हाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहनुभएको छ ।
डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुभएका ओलीको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको उहाँको सचिवालयले जनाएको छ।
पूर्वप्रधानमन्त्री ओलीलाई पहिलो पटक कोरोना संक्रमण पृष्टि भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page