कोशी प्रदेश समाचार

मोरङको रतुवामाईबाट लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ

मोरङ, माघ १० गते । मोरङको रतुवामाईबाट लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका ८ डाँडागाँउका ४५ वर्षीय कृष्ण राई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले आइतबार दिउसो विशेष सूचनाका आधारमा राईको घरमा खानतलासी गर्ने क्रममा कोठा भित्र लुकाई छिपाई राखेको ५ केजी ३ सय ९० ग्राम लागुऔषध गाँजा प्रहरी टोलीले बरामद हो ।
बरामद गरीएको गाँजा र राईलाई ईलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page