स्वास्थ्य

थप १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि , ८२ हजार ५ सय ५० जना सक्रिय संक्रमित

काठमाडौँ । नेपालमा आज थप १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५४ नमुनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५ सय ४७ नमुना एन्टीजेन परीक्षण गर्दा २ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज २ हजार ५ सय ४० जना संक्रमित निको भएका छन् । हालसम्म आठ लाख २४ हजार २ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।

आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८२ हजार ५ सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page