समाचार

राजविराज जेसीजको ४७ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राजविराज । राजविराज जेसीजको ४७ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सन् १९७६ मा स्थापना भएको राजविराज जेसीजको ४७ औं पदस्थापन समारोह राजविराज नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै भवनमा नेपाल सरकारद्वारा जारी कोरोना महामारीको कारण कार्यक्रममा अधिकतम २५ जनाको उपस्थितिलाई ध्यानमा राख्दै सीमित सहभागीलाई आमन्त्रित गरि सफलतापूर्वक सम्पन्न गरेको छ।
राजविराज जेसीज वर्ष २०२१ को अध्यक्ष जेसी सिद्धार्थ तातेडले वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष जेसी राजेश मण्डललाई राजविराज जेसीजका पूर्व अध्यक्षहरू तथा वर्ष २०२० की अध्यक्ष तथा वर्ष २०२२ की निर्वाचन प्रमुख जेसी नानी मैया कटवालको रोहवारमा अध्यक्षको चेन हस्तान्तरण गरेका छन्।
मंगलबार बेलुका आरम्भ गरिएको कार्यक्रमको प्रमुख अतिथि राजविराज जेसीज तथा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर जेसी गोविन्द प्रसाद सिंहले गर्नुभएको थियो।
कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२२ का नयाँ पदाधिकारी जेसीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा राजविराज जेसीजको वेबसाइट अनावरण गरिएको थियो, यससँगै अब उपरान्त राजविराज जेसीजको सम्पूर्ण कार्यक्रम तथा सम्बन्धित जानकारी राजविराज जेसीजको वेबसाइट https://jcirajbiraj.com/ बाट लिन सकिनेछ जनाइएको छ।
नयाँ निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष राजेश मण्डल, निवर्तमान अध्यक्ष सिद्धार्थ तातेड, कार्यकारी उपाध्यक्ष मनिष दास, पंकज देव कार्यकारी उपाध्यक्ष, विप्लव आनन्द महासचिव, उज्ज्वल काबरा कानूनी सल्लाहकार, रंजना चौधरी कोषाध्यक्ष, विक्रम काबरा उपाध्यक्ष, रवि राय उपाध्यक्ष, सुनित मुन्ना उपाध्यक्ष, सौरभ झा उपाध्यक्ष रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page