समाचार

सप्तरीको विशाल चौकमा अज्ञात समुहद्वारा ट्रकमा आगजनी, ट्रकधनी र चालक सम्पर्क विहिन

बृजमान तामाङ /
राजविराज, १२ माघ ।
पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित विशाल चौकमा मंगलबार राती एक ट्रकमा आगजनी गरेको छ ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना५ख १९११ नम्बरको मालबाहक ट्रकमा अज्ञात समुहद्वारा आगजनी गरेको हो ।
कुखुराको दाना बोकेर गईरहेको सो ट्रकमा राती ११ बजेतिर आगजनी भएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । ट्रकमा कसले र किन आगजनी गरेको विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिए ।
ट्रकधनी र चालक हालसम्म सम्पर्कमा नआएको उनले बताए । घटना बारे तथ अनुसन्धान थालिएको उनले जानकारी दिए । आगजनीबाट ट्रक पुर्ण रुपले जलेको छ । ट्र्कमा आगलागी भएको थाहा भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
कंचनरुप नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा स्थानीय बासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
एक महिना अगाडि सोही गाउँपालिका ५ स्थित महुली पुलमा दिउसो ट्रक रोकेर आगजनी गरि संलग्न ब्यक्तिहरु फरर भएको थियो ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालीन पुर्वपश्चिम राजमार्ग बन्दको घोषणा गरेको समयमा अज्ञात समुहद्वारा ट्रकमा आगजनी भएकोले सोही पार्टीका कार्यकर्ता ट्रकमा आगजनी गरेको आशंका प्रहरीको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page