समाज स्वास्थ्य

सप्तरीमा कोरोना संक्रमणबाट ७६ वर्षीया महिलाको मृत्यु

सप्तरीमा कोरोना संक्रमणबाट थप एक ७६ वर्षीया महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको रूपनी गाउँपालिका वडा नम्वर १ की ७६ वर्षीया महिला रहेकी छन् । उनको कोरोना संक्रमणकै कारण सोमवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनलाई बिरामी भएपछि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचार सुरु गरिएको थियो । सोही क्रममा उनको अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
सप्तरीमा कोरोनाको तेस्रो लहर शुरु भएपछि तीन जनाको मृत्यु भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page