राजनीति

राज्यको हरेक अंग र क्षेत्रमा आदिवासी जनजातीलाई समावेसी गराइने कानुनी प्रावधानको निर्माण र व्यवस्था कम्युनिष्ट आन्दोलनको मुख्य भूमिका : शेर्पा

डम्बर राई
कञ्चनरुप (सप्तरी) ।
आदिवासी जनजातीहरुले लामो कालदेखी हक अधिकारसंगै जातिय पहिचानको निम्ति यस मुलुकमा संघर्ष गर्दै आएका छन् । विभिन्न समयमा चरणवद्घ आन्दोलन गर्नेक्रममा आदिवासी जनजातीहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघले नेतृत्व प्रदान गर्दै आएको हो ।
नेपालकै जातिहरु मध्ये ५९ जातिहरु आदिवासी जनजातीको सूचिमा पर्दछन् भने कुल जनसंख्याको साढे अठतिस प्रतिशत आदिवासी जनजाती रहेका छन् । नेपालको एक सय तीनवटा जातिहरुको हिसावले हेर्दा आदिवासी जनजातीहरु ७० प्रतिशत बढिछन् भने कुलजनसंख्याको हिसावमा झण्डै आधा छन् । आदिवासी जनजातीको साव्दिक अर्थ र उत्पतिको हिसावले नेपालमा आदिम वसोवासी र नेपाल भनेर देशको नामाकरणसंगै सृष्टिकर्ताको रुपमा उल्लेख छ । आदिवासी जनजातीको जातिय पहिचानसंगै भाषा, धर्म र सस्कृतीको लडाई कानुनी मुल्य मान्यताबाट दुरी छोटिदै आएपनि सामाजिक र राजनीतिक परिवेशमा भने झनै दुरी लम्बिएको अवस्था छ ।
यहाँ आदिवासी जनजातीको सम्पूर्ण माँग र मुद्घा नेतृत्वमा जाने दस्तावेज झै बनेको छ , यसमा राजनीतिक माहोल हावीहुदै जाने क्रम बढ्दैजाँदा आज एकखाले विचलन आएको यो संग सरोकारवाला विज्ञहरुको अनुमान छ । राजनीतिक परिवेशबाट नियाल्दा कम्युनिष्ट आन्दोलनले जातिय उत्थान, पहिचान र भाषा, सस्कृतीको मुल्यमान्यतालाई कानुनसंगत निश्चित गराउने काम भएको छ । राज्यको हरेक अंग तथा क्षेत्रमा आदिवासी जनजातीलाई समावेसी गराईने कानुनी प्रावधानको निर्माण र व्यवस्थामा कम्युनिष्ट आन्दोलनकै योगदान हो भनेर स्विकार्न सकिन्छ । मुलुकमा सर्वहारा श्रमजिवी र हरेक जातिय, क्षेत्रिय, लिङ्ग, भाषा, धर्म, सस्कृती एवं वर्गीय एकरुपताका लागि लड्दै आएको नेपालको पहिलो कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी एमाले रहेको र यहि पार्टीको आन्दोलनले आज आदिवासी जनजातीका् स्थान उच्च हुदै गएको हो ।
यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी एमाले एवं नेपाल आदिवासी जनजाती महासंघको पूर्व अध्यक्ष पासाङ्ग शेर्पा भोटे भन्नुहुन्छ, आदिवासी जनजातीहरु यस मुलुकको उत्पादित पहिलो जाति र आदिम वसोवासी भएरपनि आफ्ना विविध अधिकारका लागि लामो समयदेखि आन्दोलन गर्दै आउन वाध्य भए । संविधान सभाको सदस्य भएर संविधान निर्माण कार्यकालमा आदिवासी जनजातीको मुद्घालाई कानुनबाटै हल गराउँन ठुलो संघर्ष गरेको उहाँले जानकारी गराउँनु भयो ।
सप्तरीको कञ्चनरुप नगरपालिका ६ स्थित थारु संग्रहालय जमुवामा विहिवार नेकपा एमाले नगर पार्टी कमिटिद्वारा आयोजित भेटघाट कार्यक्रममा शेर्पाले भन्नुभयो, आफु आदिवासी जनजातीको नेतृत्वमा रहँदा आफ्ना माँगलाई सरकारको क्याविनेटमा राखेर बहस र छलफल गर्दै आएको हुँ ।
साझा विशुद्घ जातिय संगठनको रुपमा नेपाल आदिवासी जनजाती महासंघलाई मानेरै जानेक्रममा पनि दलले हेर्नै दृष्टान्तमा फरक पाइएको शेर्पाको धारणा छ । नेपाल कम्युनिष्ट पार्टी एमालेले जस्तो अन्य पार्टीले आदिवासी जनजातीको माँगलाई पूरा गर्ने तर्फ उन्मुख भएन । अरु पार्टीले संविधान निर्माणकै समयमा पनि आदिवासी जनजाती, मधेशी , मुस्लीम, थारु, दलितलाई उचाल्ने र उफार्ने मात्र काम गर्यो उहाँले भन्नुभयो, ती पाटीैहरुबाट जातिय संगठनको मुद्घालाई बुझने काम कहिले भएन । तसर्थ नेकपा एमाले शिवाय अरु कुनै पार्टीपनि जातिय सवालको पक्षमा नरहेको शेर्पाले दावी गर्नुभयो । मधेशवादी पार्टीहरुले मधेशीको संज्ञा दिइएर हक अधिकारको उठान जुन रुपले गरेकाछन् त्यो अपूर्ण किसिमको छ किनकी मधेशमा बस्ने कसलाई मधेशी भन्ने र कसलाई गैर मधेशी ? मधेश र मधेशीको नारा लगाइरहँदा तराई मधेशमा बसोवास गर्ने सबै मधेशी हुन्छन् तर यिनै मधेशी समुदायमाथी साम्प्रदायिक उदण्डता हुदै आएका छन् ।
उहाँले भन्नुभयो, हिमालमा बस्ने भोटे, पहाडमा बस्ने पहाडे र तराई मधेशमा बस्ने मधेशी भौगोलिक क्षेत्रको बसोवासी भनेर चिनाउने आधार हुन् जहाँ जुन भुगोलमा बसेपनि नेपाली नागरिकको समान अधिकार छ यो कुरा मधेशवादी पार्टीले बुझ्न सकेन । तर हिमाल, पहाड, तराई मधेशमा बसोवासीको हिसावले होस वा विकासको कामले होस् नेकपा एमालेले एकरुपता दिइएर समान अधिकार प्रत्यायोजन गरेको छ नेता शेर्पाले थप्नुभयो । भर्खरै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा एमालेको सिटमा कमी आउनाको कारण र तीनको नतिजाको जानकारी दिदै जनमतको प्रयोग नभई गठबन्धन सत्ताधारीहरु तथा सत्तासिन पक्षधरको मतले हुने निर्वाचनमा आएको बहुमतको कुनै अर्थ छैन शेर्पाले प्रष्ट्याउनुभयो ।
यसैगरी नेकपा एमाले केन्द्रिय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाती महासंघका महासचिव पेम्वा गुरुङ्ग भोटेले विचार र संगठनले चल्ने भएकाले नेपाल कम्युनिष्ट पार्टी एमाले अरु पार्टी भन्दा जनविश्वासमा अगाडी भएको बताउनुभयो । विभिन्न जनवर्गिय संगठनहरु पार्टीका लागि अपरिहार्य छ भोटे भन्नुभयो, यहि अपरिहार्यताकै कारण सप्तरीमा अब एमालेको संगठन राम्रो भएर गएको हो । युवा, विधार्थी, पत्रकार, महिला, किसान, मजदुर, व्यापारी, लगायत सक्षम जनवर्गीय संगठन एमालेमा आवद्घछन् । जनवर्गिय संगठनहरु बलियो भएमात्र पार्टी बलियो हुने तर्क दिदै उहाँले भन्नुभयो, आफुहरु आदिवासी जनजातीको क्षेत्रबाट संगठन निर्माण गर्न लागेको हो । नेकपा एमालेले हरेक जात जाति, लिङ्ग, वर्गको हीतलाई ध्यान राखेर विभिन्न आयोगहरुको व्यवस्था र थालनी गरेकोले पनि एमाले जनताको सम्पूर्ण समस्याको जिम्मेवारी लिने पार्टी मानिन्छ एमालेको विरुद्घमा जसले जे भने पनि आजसम्म कुनै पार्टीले यस्तो काम गर्न सकेका छैनन् भोटेले दावाको साथ भन्नुभयो । उहाँले पनि आदिवासी जनजाती सवाल र यसका मुद्घाका विषयमा दोस्रो संविधान सभाको समयमा आफुले पहल गरेको बताउनुभयो ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा सप्तरी पार्टी इन्चार्ज, दिवाकर देवकोटा, केन्द्रिय सदस्य तथा सप्तरी पार्टी सह इन्चार्जद्वय राज कुमार लेखी, सरीता गीरी, यादव, जिल्ला सचिव देवनाथ यादवले मन्तव्य दिनुभएको थियो ।
आयोजित छलफल तथा भेटघाट कार्यक्रममा प्रदेश, जिल्ला, सप्तकोशी र कञ्चनरुप नगरकमिटी, सो नगरका वडा कमिटी, विभिन्न भातृ संगठन लगायतका पदाधिकारी एवं जिम्मेवार सदस्यहरुको सहभागिता रहेको कञ्चनरुप नगर कमिटीले जानकारी दिइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page