समाचार

प्रेस चौतारी नेपाल शाखा सप्तरीको अधिवेसन पछिको प्रथम बैठक सम्पन्न

कञ्चनरुप, १५ माघ । प्रेस चौतारी नेपाल सप्तरी शाखाको सातौं जिल्ला अधिवेसन पछिको पहिलो बैठक आज (शनिवार) कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरको प्राङ्गणमा सम्पन्न भएको छ ।
चौतारीका जिल्ला अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा बसेको सो बैठकले अधिवेशनमा भएको खर्चको अनुमोदन, अधिवेशनलाई सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन, जस्ता विभिन्न प्रस्तावहरु माथि छलफल गरेको छ ।
सम्पन्न बैठकले प्रेस चौतारीसँग आवद्ध सम्पूर्ण पत्रकारहरुलाई दक्ष बनाउने तथा जिल्लाका १८ वटै गाउँ तथा नगरपालिकाहरुमा पहिचान–पहुँच तथा सम्वाददातामा बृद्धि समेत गरिने निर्णय समेत गरेको छ ।
सो को लागि केन्द्रबाट अनुभवी प्रशिक्षकद्वारा सप्ताहिक पत्रकारिता तालिम गराउने विषयमा समेत बृहत छलफल भएको थियो । बैठकमा जिल्लाका नवगठित सम्पूर्ण पदाधिकारी सदस्यहरुको उपस्थिती रहेको थियो थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page