समाज

ल्होछार मान्न नेपाल तामाङ घेदुङद्वारा खर्च वितरण

बृजमान तामाङ –
बिरेन्द्र बजार, १७ माघ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ सितापुरमा सोमबार ल्होछार मान्न नेपाल तामाङ घेदुङद्वारा खर्च वितरण गरेको छ ।
नेपाल तामाङ घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिका २ नम्बर वडा समितिले २८५८ औं सोनाम ताक ल्होछार मनाउन खर्च वितरण गरेको हो ।
नेपाल तामाङ घेदुङ वडा समिति उपाध्यक्ष लघुमाया तामाङको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमको बीच ल्होछार खर्च वितरण गरिएको थियोे ।
कार्यक्रममा अध्यक्ष तामाङले ल्होछार मनाउन घेदुङमा आबद्ध ३४ परिवारलाई १ लाख ६३ हजार २ सय १९ रुपैया प्रदान गरे । घेदुङले प्रत्येक बर्ष तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछारको अबसरमा ल्होछार खर्च वितरण गर्दै आएको नेपाल तामाङ घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिका २ नम्बर वडा समितिका अध्यक्ष भक्त बहादुर लो तामाङले जानकारी दिए ।
घेदुङका सदस्यहरुले बर्ष दिन बचत गरेको रकमा ६ प्रतिशत ब्याज थप गरि ल्होछार पर्व आउन अगावै वितरण गर्दै आएको उनले जानकारी दिए । तामाङ समुदायलाई ल्होछार पर्व मनाउन आकर्षण गर्ने उदेश्यले खर्च वितरण गर्ने योजना ल्याईएको उनले बताए ।
यसबर्षको तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व सोनाम ल्होछार माघ १९ गते देखि प्रारम्भ हुने नेपाल तामाङ घेदुङ सप्तरीका सचिब सुर्यमान सिंदनले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page