समाचार

रहेनन समाजसेवी भुपेन्द्र चौधरी, मन्त्री साहद्वारा अन्तिम श्रद्धाञ्जली अर्पण

बृजमान तामाङ –
राजविराज, १७ माघ ।
जिल्ला विकास समिति सप्तरीका पुर्व उपसभापति समाजसेवी ७५ बर्षिय भुपेन्द्र प्रसाद चौधरीको निधन भएको छ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ बकधुवा निवासी चौधरीको सोमबार विहान साढे सात बजे निधन भएको हो ।
एक साता देखि स्वास्थ्यमा सामान्य समस्या देखिएका चौधरीको हृदयघात भई घरमै निधन भएको परिवारजनले बताएका छ्न । स्वास्थ्यमा असहज महुसुस भएपछि जनकपुर स्थित अस्पतालमा उपचार गरि घरमै आरम गरिरहेका बुवाको अचानक विहान स्वर्गवास भएको छोरा अरुण कुमार चौधरीले जानकारी दिए ।
विहान मोर्निङ्गवाक गरेर घर फर्कनु भयो, अरुणले भने, मटुमा दुखेको भन्दै ओछ्यानमा छ्टपटाउन थाल्नु भयो, एक छिनपछी बुवाले यस संसार त्याग गरे ।
समाजसेवी चौधरीको पार्थिक शरीरमा प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री एवम जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी समिती सदस्य नवलकिशोर साह, पुर्व मन्त्री एवम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जसपा केन्द्रिय सदस्य कल्पना चौधरी, संघिय परिषद सदस्य गुणानन्द चौधरी, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, काग्रेस अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष रोशन कुमार मण्डर चौधरी लगायतका विभिन्न पार्टीका नेताकार्यकर्ता तथा जनप्रतिनिधिहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
समाजसेवी चौधरीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि सामाजिक परम्परा अनुसार सोमबारै अत्यष्टी गरिएको जनाईएको छ । २००५ सालमा जन्मिए स्वर्गीय चौधरी २०४४ सालमा जिल्ला विकास समितिको उपसभापति भएका थिए ।
नेपाल सद्भावना पार्टीमा आबद्ध रहि राजनीतिमा कृयाशिल चौधरी सदभावना पार्टी फुटेपछी सक्रिय राजनीतिमा थिएन । स्वर्गीय चौधरी पछिल्लो समय जनता समाजवादी पार्टीमा सक्रिय रहेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page