स्वास्थ्य

सप्तरीमा आजबाट १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाइने

सप्तरी । सप्तरी जिल्लामा आजबाट १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाइँदै छ ।
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आज मंगलवारबाट मोडर्ना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बालबालिकालाई सम्बन्धित स्थानीय तहले तोकेका विद्यालय वा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरेको छ ।
सो अनुसार राजविराज, सप्तकोशी, सुरुङ्गा, हनुमाननगर कंकालिनी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, तिरहुत र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ गतेदेखि २० गतेसम्म खोप लगाइनेछ ।
शम्भुनाथ, डाक्नेश्वरी र बोदे बरसाइन नगरपालिका तथा रुपनी, विष्णुपुर, छिन्नमस्ता, राजगढ र बलान विहुल गाउँपािलकामा १९ गतेदेखि २१ गतेसम्म लगाइने स्वास्थ्य कार्यालयको सूचनामा उल्लेख छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page