राजविराज, १८ माघ । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले स्वर्गीय भुपेन्द्र प्रसाद चौधरीको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका छ्न ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ स्थित बकधुवामा मंगलबार पूर्व जिल्ला उपसभापति स्वर्गीय चौधरीको घरमा पुगेर साँसद चौधरीले परिवारजनमा समवेदना व्यक्त गरेका हुन । डा. यादवले राज्यको ब्यबस्था परिवर्तनमा स्वर्गीय चौधरीको योगदान बारे चर्चा गर्दै सोकाकुल परिवारजनमा सान्त्वाना व्यक्त गरे ।
शोकाकुल परिवाजनलाई सान्त्वना व्यक्त गर्न जनता सामजवादि पार्टी सप्तरीका कोषाध्यक्ष बृजमान तामाङ, जिल्ला सदस्य रामदेव यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिका सचिव मिलन चौधरी, वडा नम्बर २ का अध्यक्ष श्याम चौधरी लगायतका स्थानीय नेताकार्यकर्ताहरु उपस्थित रहेको थियो ।
नेता चौधरीको ७५ बर्षको उमेरमा सोमबार निधन भएको थियो । यसैगरी साँसद डा. यादवले अग्निसाइर कृष्णासवरन २ का जसपा नेता अशोक चौधरीको घरमा गएर उनको स्वास्थ्य अबस्था बारे पनि जानकारी लिएका थिए ।
Add Comment