बृजमान तामाङ /
राजविराज, १८ माघ । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ मोहनपुरका मृगौला पीडित २२ वर्षीय रुकेश तामाङलाई मंगलबार एक संस्थाले १० हजार रुपैयाँ सहयोग गरेको छ ।
नेपाल तामाङ घेदुङ अग्निसाईर कृष्णासवरन २ नम्बर वडा समिति सितापुरले मृगौला पीडितको उपचारका लागि सो रकम सहयोग गरेको हो ।
नेपाल तामाङ घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष सन्जमान सिंदन तामाङले मोहनपुर स्थित पीडितको घरमा पुगेर सहयोग हस्तान्तरण गरे ।
अध्यक्ष तामाङले पीडितका बुवा गणेश पाख्रीन तामाङलाई उक्त रकम प्रदान गरेका थिए । उक्त अबसारमा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवम संचारकर्मी बृजमान सिंदन तामाङ, नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सुर्यमान सिंदन तामाङ, नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर लो तामाङ, स्थानीय युवा नेता सरोज राना लगायतका स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
मृगौला पीडित रुकेश पाख्रीन तामाङको विराट अस्पताल विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । आर्थिक अभावले गर्दा उनको उपचारमा समस्या भएको पिडितका आमा मधु तामाङले बताईन ।
उपचार खर्च जुटाउन नसक्दा छोरा अस्पतालमै अलपत्र परेको उनले जानकारी दिईन । अस्पतालले उपचार खर्च बुझाएर छोरा लैजान भनि दबाब दिएको सुनाउदै उनले आर्थिक अभावका कारण डिस्जार्ज गराउन नसकिएको बताईन ।
उनले स्थानीय सहकारी संस्थाबाट ॠणको पहल भईरहेकोले ॠणप्राप्त हुनसाथ छोरालाई विराट अस्पतालबाट डिस्चार्ज गरि सरकारी अस्पताल वा घरमै राखी उपचार गर्ने जानकारी दिईन ।
आर्थिक अबस्था कम्जोर भएकाले मृगौला पीडित तामाङको उपचारमा समस्या भएकोले सहयोग गरिदिन सबैमा पीडित परिवारले आग्रह समेत गरेको छ ।
Add Comment