सप्तरी , १८ माघ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित माँ छिन्नमस्ता साबुन फ्याक्ट्रिमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
जिल्लाको बोदेबरसाईन नगरपालिका–३ का सुनिल कुमार साह र वडा नम्बर ६ का प्रमोद कुमार साहले संयुक्तमा रुपमा सञ्चालन गर्दै आएका माँ छिन्नमस्ता साबुन फ्याक्ट्रिमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साबुन फ्याक्ट्रिमा आगलागी हुँदा तयारी अवस्थामा रहेको १ हजार २ सय काटुन कपडा धुने साबुन र १ हजार बोरा सर्फ पूर्ण रुपमा जलेर नष्ट भएको जनाइएको छ ।
।
प्रहरी, स्थानियबासी र राजबिराज नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
Add Comment