समाज

विद्यालय ब्यबस्थापन समिति गठनको माँग गर्दै अभिभावक आन्दोलित

बृजमान तामाङ –
बिरेन्द्र बजार , १८ माघ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मा रहेको एसलपि माध्यमिक विद्यालाय महुकी पत्थरगाढामा विधालय व्यबस्थापन समिति गठनको माँग गर्दै अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् ।
विद्यालय ब्यबस्थापन समिति गठन गर्ने निर्णय कार्यान्वयनमा विधालय प्रशासनले आलटाल गरेको भन्दै अभिभावकहरु अनिश्चितकालिन रिले अनसनमा बसेको हो ।
विद्यालय ब्यबस्थापन समिति पटकपटक सहमतिबाट गठन गर्ने प्रयास असफल भएपछि चुनावी प्रक्रियामा जाने निर्णय अगाडि नबढाएकाले आन्दोलनमा उत्रिएनु बाध्य भएको अभिभावकहरुले बताएका छन् ।
घोषित अनिश्चितकालीन रिले अनसनको पहिलो दिन जयलाल यादव, रामचन्द्र महतो, सत्यनारायण ठाकुर, भुटाई खंगले अनसन शुरु गरेका छन् । अनसन कारीलाई जसपा नेता अमरनाथ यादव र जनमत पार्टीका वडा अध्यक्ष वसन्त साहले माला र अविर लगाएर स्वागत गरेका थिए ।
उक्त विधालय ब्यबस्थापन समिती विहिन हुदा विद्यालयको विकास लगायतका हरेक क्रियाकलापमा समस्या हुने गरेको अभिभावकहरुले बताएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page